IME Life New

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको खुद बीमाशूल्क आर्जन कसरी बढ्यो त?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ४० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको खुद बीमाशूल्क ६३ प्रतिशतल ेवृद्धि भएको छ । आर्जन गत वर्ष एक अर्ब ५९ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

नागरिक लगानी कोषले गर्दै आएको राष्ट्र सेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा कम्पनीमा हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो । राष्ट्र सेवक कर्मचारीहरुबाट २ अर्ब ६७ करोड ३० लाख बीमा शुल्क संकलन गरेको विवरण अनुसार जनाएको छ ।

Esewa
Crest

यस अघि नागरिक लगानी कोषले गर्दै आएको राष्ट्र सेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा कम्पनीमा हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो । कम्पनीले राष्ट्र सेवक कर्मचारीहरुबाट २ अर्ब ६७ करोड ३० लाख बीमा शुल्क संकलन गरेको कम्पनीको विवरणले देखाएको छ ।

आ.व २०७५/७६ मा कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट एक करोड ८५ लाख आम्दानी गरि ९६ लाख ३२ हजार रूपैयाँ व्यवस्थापन खर्च र ६ लाख ६३ हजार कर्मचारी गत आवको यसै अवधिमा भने कम्पनीले १ करोड २३ लाख ५२ हजार खुद नाफा गरेको थियो ।

एकीकृत आय व्ययबाट प्राप्त बचत जीबन बीमा कोषको आकारलाई ठूलो बनाउन उपयोग गर्दा कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफामा गिरावट आएको छ।
यस अवधिमा कम्पनीले एकीकृत आय व्ययबाट कुनै रकम नाफा नोक्सान हिसाबमा नराख्दा कम्पनीको खुद नाफा गत आवको यसै अवधिको तुलनामा ४० लाख ५९ हजार घटेर ८२ लाख ९३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ।

संस्थानले आम्दानीको ३ अर्ब ३४ करोड रुपैयाँ जीवन बीमा कोषमा सारेर गत पुसमा मसान्तसम्म रहेको १४ अर्ब ४९ करोड ७० लाखको जीवन बीमा कोष १९ अर्ब २० करोड ६४ लाख रुपैयाँ पुराएको छ ।

यस अवधिमा संस्थानले लगानी कर्जा तथा अन्य आयबाट ७२ करोड ४९ लाख रुपैयाँ, यस्तै एक अर्ब २८ करोड ९६ लाख बीमालेखको धितोमा कर्जा प्रवाह गरि कम्पनीले ४ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

१८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थानले जगेडा कोषमा १८ करोड २४ लाख रुपैयाँ राखेको छ । समीक्षा अवधिमा कम्पनीले जगेडा कोष २ करोड बढाएको हो ।
दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १६ पैसा कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS