IME Life New

सनराइज बैंकले ल्यायो सहकारी संस्थाको लागि भिसा को ब्राण्ड डेबिट कार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले सहकारी संस्थाहरुको लागि भिसा को ब्राण्ड डेबिट कार्ड संचालनमा ल्याएको छ। सहकारी संस्थाहरुले जारी गर्ने यस कार्ड नेपाल सहित भारत र भुटानमा पनि प्रयोग गर्ने मिल्ने छ ।

पायोनियर एसोसियट, सनराइज बैंक र आईमार्कको सहकार्यमा कार्ड जारी गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार हाल पाइलट प्रोजेक्टको रुपमा ५ सहकारी संस्थाहरु मार्फत कार्यक्रम सचालन गरिएको छ। बैंकले यस आर्थिक बर्ष भित्रमा चार प्रदेशबाट थप न्यूनतम २५ सहकारी संस्थाहरुमा सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

Esewa
Crest

सन् २००६ मा स्थापना भएको पायोनियर एसोसियटले समय सापेक्ष विभिन्न विद्युतिय वित्तीय पहुँचका औजारहरु (Fintech Apps & solutions) उपलब्ध गराउदै गुणस्तरिय वित्तीय पहुँचमा सहयोग पुराउदै आएको छ ।

पायोनियर एसोसियटले उपलब्ध गराएको कोशिस सफ्टवेयर हाल एक हजार भन्दा बढी सहकारीहरुले प्रयोग गरिरहेका छन् । त्यस्तै कम्पनीले NEXGen CoSys , लघुवित्त वित्तीय संस्था र लघुवित्त नमूना अनुसरण गर्ने सहकारी संस्थालाई, कृषि उत्पादन, प्रशोधन र बजारिकरण गर्ने कृषि सहकारी संस्थालाई FarmSys,, उपभोक्ता भण्डार सञ्चालन गर्ने सहकारी संस्थाकोलाई CoSys Store Sys प्रणाली बिकास गरी वितरण गरेको छ ।

त्यस्तै मोबाइल बैंकिड, QR Code  सेवा,Management Appब्यबस्थापकलाई तत्कालै जानकारी हुने व्यवस्थापन प्रतिवेदन प्रणाली, सदस्यहरुको घरदैलो तथा ब्याबसाय स्थलमा गइ बचत ऋण किस्ता व्याज आदि संकलन गर्ने कलेक्टर एप (Collector App), गतिशिल सेवाकेन्द्र  Mobile Counter), साख सूचना ब्यबस्थापन प्रणाली  विभिन्न तहबाट प्रगति मूल्यांकन, अनुगमन को साथै प्रतिवेदन प्रणाली, सेवाकेन्द्र कारोवार प्रणाली आदि सेवाहरु उपलब्ध गराउदै आएको छ ।

यस प्रकारका सेवा उपभोग गर्ने साझेदार सहकारी संस्थाहरुलाई बिहान ७ बजेबाट बेलुकी ७ बजे सम्म हप्ताको सातै दिन सेवा उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS