Connect IPS
IME Life

नेप्से परिसूचक ९२ अंकले बढ्दा १८६ वटा कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९२ दशमलव १६ अंकले बढेर २,५०७ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै ट्रेडिङ उपसूचक ८ दशमलव २३ प्रतिशतले बढेको छ । आज २ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १८६ वटा कम्पनीको शेयर मुल्य बढेको छ ।

आज दिनभरिमा २३३ वटा कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै हिामालयन डिष्टीलरीको कारोबार भएको छ । कम्पनीको ६८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, अपर तामाकोशीको १५ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३७ रुपैयाँ रहेको छ । गोर्खाज फाइनान्स कम्पनीको १३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ११ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, अपर तामाकोशी र शिवम् सिमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल डिवेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ४ दशमलव ५९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS