Connect IPS
IME Life

बाणिज्य बैंकमध्ये सर्वाधिक धेरै तलब सुविधा लिनेमा नेपाल इन्भेष्टमेन्टका पाण्डे, कसको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वार्षिक साधारणसभाको लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर्ने १५ बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै तलब नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बुझेका छन् । उनले गत आर्थिक वर्षमा तलब सहित विभिन्न सेवा सविधा बापत तीन करोड ६ लाख रुपैयाँ बुझेका छन् ।

यो विवरण वित्तीय विवरण सार्वजनिक गरेका १५ बैंकहरुबाट लिइएको छ । अझै प्रभु बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक, एनसिसी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नविल बैंकले अझै वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । नेपाल एसबिआई बैंक र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतले क्रमश भारतको एसबिआई र पञ्जाव नेशनल बैंकबाट बुझ्ने गरेका छन् ।

Prabhu
Crest

बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले आकर्षक तलब सेवा सुविधा बुझ्ने गरेको पाइन्छ । अर्बौ खर्बौ रुपैयाँको सम्पत्ती तथा दायित्वको जिम्मेवारी लिएका उनिहरुलाई बैंकले पनि राम्रो सेवा सुविधा दिने गरेका छन् । प्रमुख कार्यकारी अधिकृत आफैमा सफलताको पद हो । जोकोहि यो पदमा पुग्न सक्दैनन् । जो पुगेका हुन्छन् त्यसका लागि ठुलो परिश्रम र मिहिनेत गरेका हुन्छन् । त्यसैले गर्दा उनिहरुले पाउने सेवा सुविधा पनि आकर्षक हुने गरेको छ । सेवा सुविधा जति धेरै हुन्छ उनिहरुले बहन गर्नु पर्ने भुमिका तथा उत्तरदायित्व पनि धेरै हुन्छ ।

नेपाल बैंक

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले गएको वर्षमा २१ लाख ६० हजार रुपैयाँ तलब, ३२ लाख ४२ हजार रुपैयाँ भत्ता सहित ५४ लाख ४२ हजार रुपैयाँ बुझेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डले गत आर्थिक वर्षमा तलब भत्ता बापत तीन करोड ६ लाख रुपैयाँ बुझेका छन् । उनले तलब बापत एक करोड ६० लाख, भत्ता बापत एक करोड ७ लाख, दशै भत्ता २२ लाख ३३ हजार, सञ्चयकोष १६ लाख ८ लाख सहित तीन करोड ६ लाख रुपैयाँ बुझेका छन् । उनले यस बाहेक नियम अनुसार मुनाफाबाट थप बोनश रकम पनि प्राप्त गर्छन् ।

बैंक अफ काठमाडौं

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतका लागि २ करोड ५६ लाख २७ हजार ९२४ रुपैयाँ खर्चिएको छ । उक्त रकम बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले लिएका हुन् । पन्त यहि साउनदेखि अवकास भएका भए । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के छन् ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक कोइरालाले गत आर्थिक वर्षमा वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत एक करोड २८ लाख रुपैयाँ बुझेका छन् । उनले नियम अनुसार यस बाहेक मुनाफाबाट बोनश रकम प्राप्त गर्ने छन् ।

सानिमा बैंक

सानिमा बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतको लागि एक करोड ८४ लाख रुपैयाँ खर्चिएको छ । दाहालले अल्पकालिन कर्मचारी लाभ बापत एक करोड २० लाख, चाडपर्व भत्ता र वार्षिक विदा बापत १८ लाख ८२ हजार, रोजगारी पछिको लाभ बापत ४५ लाख २१ हजार सहित जम्मा एक करोड ८४ लाख रुपैयाँ बुझेका छन् । यस बाहेक उनले नियम अनुसार मुनाफाबाट बोनश पनि प्राप्त गर्छन् । दाहालले अघिल्लो वर्षमा एक रवड ४६ लाख रुपैयाँ बुझेका थिए । दाहालको दुई कार्यकाल सकिदैछ । केहि दिनमै उनि विदा हुँदै छन् । सानिमाले भिष्म राज चालिसेलाई प्रमुख कार्यकारी अधिकृत पदनमा छनोट गरिसकेको छ ।

कुमारी बैंक

कुमारी बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारि अधिकृतका लागि २ करोड ३५ लाख रुपैयाँ खर्चिएको छ । उक्त रकम निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बुझेका हुन् । उनले गत वर्ष तलब बापत एक करोड २० लाख, भत्ता ४७ लाख ७० हजार, दशै भत्ता १४ लाख ६६ हजार, विदा बापत १० लाख, अन्य ४२ लाख ६९ हजार सहित २ करोड ३५ लाख बुझेका छन् ।

सिटिजन बैंक

सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले गत आर्थिक वर्षमा तलब भत्ता तथा अन्य सुविधा बापत एक करोड ३१ लाख रुपैयाँ बुझेका छन् । उनले तलब बापत ८४ लाख, भत्ता ३० लाख, दशै भत्ता ९ लाख ५० हजार, संचयकोष योगदान ८ लाख ४० हजार सहित एक करोड ३१ लाख ९० हजार रुपैयाँ बुझेका छन् । उनले नियम अनुसार आयकर मात्रै ६५ लाख ३३ हजार रुपैयाँ कट्टी गरी हातमा जम्मा ६६ लाख ५६ हजार रुपैयाँ पारेका छन् । उनले यस बाहेक नियम अनुसार मुनाफाबाट बोनश रकम प्राप्त गर्ने छन् ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगालदेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले गत आर्थिक वर्षमा एक करोड ४१ लाख रुपैयाँको तलब भत्ता तथा अन्य सुविधा बुझेका छन् । उनले यस बाहेक नियम अनुसार बोनश रकम प्राप्त गर्ने छन् ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृत तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका लागि एक करोड ३९ लाख रुपैयाँ खर्चिएको छ । यस आर्थिक वर्षको पहिलो महिनामा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले केहि रकम बुझेका छन् भने बाँकी रकम प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बुझेका छन् ।

बैंकले तलब बापत ७३ लाख ३२ हजार, भत्ता बापत ४८ लाख ६० हजार, सञ्चयकोष बापत ७ लाख ३३ हजार, दशै भत्ता बापत १० लाख ५३ हजार सहित एक करोड ३९ लाख ७८ हजार खर्चिएको हो । प्रमुख कार्यकारी अधिकृतले यस बाहेक नियम अनुसार मुनाफाबाट बोनश प्राप्त गर्ने छन् ।

एनएमबी बैंक

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्षमा तलब भत्ता सहित विभिन्न सुविधाबापत एक करोड ७४ लाख ९ हजार रुपैयाँ बुझेका छन् । उनले तलब मात्रै ६९ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै सचंय कोष ६ लाख ९३ हजार, भत्ता ६६ लाख ९४ हजार, नियम अनुसार कर्मचारी बोनश २९ लाख ८५ हजार र अन्य एक लाख रुपैयाँ बुझेका छन् ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले गत आर्थिक वर्षमा तलब भत्ता तथा अन्य सुविधा बापत एक करोड ४४ लाख रुपैयाँ बुझेका छन् । उनले तलब भत्ता बापत एक करोड १५ लाख रुपैयाँ र अन्य सुविधा बापत २९ लाख ५६ हजार रुपैयाँ प्राप्त गरेका छन् । उनले यस बाहेक नियम अनुसार मुनाफाबाट बोनश प्राप्त गर्नेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरवान घोष दस्तिदारले गत आर्थिक वर्षमा तलब भत्ता तथा अन्य सुविधा बापत २ करोड ७६ लाख रुपैयाँ बुझेका छन् । कुनै समय यस बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा अन्य बैंकको भन्दा धेरै हुने गरेको थियो । तर पछिल्लो समय यस बैंकलाई अन्य बैंकले उछिनेका छन् ।

सनराइज बैंक

सनराइज बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतका लागि २ करोड २९ लाख रुपैयाँ खर्चिएको छ । उक्त रकम २०७७ माघसम्म जनक शर्मा पौडेल र माघ पछि शुमन शर्माले प्राप्त गरेका हुन् । बैंकका अनुसार उक्त रकम तलब तथा सम्पुर्ण भत्ता तथा बोनस सहित हो ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले गत आर्थिक वर्षमा तलब भत्ता तथा अन्य सविधाबापत २ करोड ६० लाख रुपैयाँ बुझेका छन् । उनले तलब बापत मात्रै एक करोड ८ हजार रुपैयाँ लिएका छन् । त्यस्तै भत्ता बापत ८१ लाख २० हजार, कर्मचारी सञ्चयकोष १० लाख ८ हजार र दशै भत्ता बापत १४ लाख बुझेका छन् ।

मेगा बैंक

बाणिज्य बैंकहरु मध्ये एक मात्र महिला प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको तलब भत्ता सबैभन्दा कम रहेको छ । उनले गत आर्थिक वर्षमा तलब, दशै बोनश र इन्धन बापत जम्मा एक करोड १० लाख बुझेकी छिन् । उनको तलब बाहेक भत्ता छैन । अन्य बैंकका सिइओहरुले लाखौ रुपैयाँको भत्ता लिदै गर्दा उनको भने छैन । यस बाहेक उनले नियम अनुसार मुनाफाबाट बोनश प्राप्त गरेकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS