काठमाडौं । पाँचथर पावर कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभामा अध्यक्षको मन्तव्य तथा छैठौं बार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित हुनेछ ।
त्यस्तै, सभाले लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन सहितको आय व्यय विवरण र वासलात माथि छलफल गरि पारित गर्ने र आगामी आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।