काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४औं साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको बैंकले जनाएको छ ।
सभाले शेयरधनीहरुलाई सञ्चालक समिति प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १६ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको नियुक्ति गर्ने, प्रवन्धपत्रको उद्देश्यमा आवश्यक संशोधन गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।