काठमाडौं । मंगलबार शेयर बजारमा २ अर्ब ३८ करोड रुपैयाँको कारोबार हुँदा हिमालयन डिष्ट्रिलरीको मात्रै १४ करोड ५८ लाख रुपैयाँको खरिद बिक्री भएको छ । दोस्रो धेरै नविल बैंकको १४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । बैंकको शेयर मूल्य १४५२ रुपैयाँ कायम भएको छ ।
तेस्रो धेरै कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ । नेपाल टेलिकमको मात्रै १० करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । चौथो नम्बरमा रहेको मञ्जुश्री फाइनान्सको ७ करोड ५५ लाख रुपैयाँको खरिद बिक्री भएको छ । भोलि बुक क्लोजको घोषणा गरेको एनएमबी बैंकको मात्रै ६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
पछिल्लो समय नविल बैंक सँगको मर्जरको हल्लाले नेपाल बंगलादेश बैंकको मात्रै ६ करोड ४५ लाखको कारोबार भएको छ । आज छिमेक लघुवित्त ५ करोड ८३ लाख, महालक्ष्मी विकास बैंकको ५ करोड ४१ लाख, एचआइडिसिएलको ५ करोड ३६ लाख, आइसिएफसी फाइनान्सको ५ करोड १७ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।