काठमाडौं । नेपाल स्टक एक्सचेन्चमा स्वालम्बन लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस ६ गते बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन भएको हो ।
कम्पनीको १९ प्रतिशत बोनशमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११ सय ८४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १३ सय १० रुपैयाँ थियो ।
लघुवित्तले पुष १५ गते गैरीधारा स्थित एलिस रिसेप्सनमा आफ्नो २० औं बार्षिक साधारणसभा डाकेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।