काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले छैठौं साधारण सभा आज पुस ६ गते गर्ने भएको छ । मसिंर ५ गते बसेको संचालक समितिको निर्णय अनुसार सभा बोलाएको हो ।
सभा नेपाल एसबिआई बैंकको केद्रिय कार्यलयको सभाहल, केशरमहल, काठमाडौंमा दिउँसो ११ बजेदेखि शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक आर्थिक विवरण अषाढमसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायतका प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष ७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र ७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।