Connect IPS
IME Life

आयातलाई निरुत्साहित गर्दै नेपाल राष्ट्र बैंक, सत प्रतिशत नगद मार्जीन राख्नुपर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातलाई निरुत्साहित गर्ने नीति लिएको छ । राष्ट्र बैंक विदेशी विनिमय विभागले एकिकृत परिपत्र २०७६ संशोधन गर्ने क्रममा आयातलाई थप निरुत्साहित गर्न निर्देशन जारी गरेको हो । चिनि र चकलेट, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य बस्तु, परफ्युम, कस्मेटिक सामान, काठका बस्तु तथा सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्सल, सिमेन्ट, प्लास्टर र सेरामिक बस्तु जस्ता बस्तुहरुलाई आयात गर्न सत प्रतिशत नगद मार्जीन राख्नुपर्ने साथै सवारी साधन ( गाडि, मोटरसाइकल- बिधुतीय वाहेक) आयात गर्न ५० प्रतिशत नगद मार्जीन राख्नुपर्ने व्यबस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकको यस्तो निर्देशनले प्रस्तुत बस्तुहरुको आयात गर्न आयातकर्ताले नगद मार्जीन राख्नुपर्ने भएको छ । यसले आयात निरूत्साहित हुने राष्ट्र बैंकको रणनीति रहेको छ। सत प्रतिशत मार्जीन राखेर प्रतितपत्र खोल्नुपर्ने हुँदा आयातकर्ताले भुक्तानी गर्नुपर्दा सोहि मार्जीन निक्षेप प्रयोग हुनेहुँदा उक्त भुक्तानी गर्दा बैंकहरुले टिआर कर्जा र अल्पकालीन कर्जा दिनुपर्ने छैन । यसरी आयात निरूत्साहित हुने छ भने थप कर्जा बृद्धि मा केहि लगाम लाग्ने छ । यस्तो निर्देशनले सिडी रेसियो र वैदेशिक व्यापार घाटा व्यवस्थापनमा पनि मद्दत पुग्ने बैंकर मनोज ज्ञवालीको विश्लेषण रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS