काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा कम्पनीको सभाहल, काठमाडौंमा बिहान ८ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।