Connect IPS
IME Life

नेप्से १७ अंकले घट्यो, साढे २ अर्बको कारोबार हुँदा गोर्खाज फाइनान्सको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २,३५८ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक र माइक्रोफाइनानस बाहेक सबै उपसूचक घटेका छन् । आज ४३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३१ वटा कम्पनीको ५४ करोड ३९ लाख ८७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिस्टीलरीको १८ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कृषि विकास बैंकको ९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्स कम्पनीको ७ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी र हिमालयन डिस्टीलरीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । कृषि विकास बैंकका लगानीकर्ताले ४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS