IME Life New

आइपीओ जारी गर्ने प्रस्ताव सहित श्रृजनशील लघुवित्तले बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय गोलबजार, सिराहामा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्त सम्मको वासलात, आर्थिक वर्ष ०७७/०१८ को नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम सो सँग सम्बन्चीत अनुसुचीहरू पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार वित्तीय संस्थाको आर्थिक वर्ष ०७८र०७९ को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने, वित्तीय संस्थाको जारी पूँजी बृद्धि गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (ख), (घ), (ङ), च, (क) र दफा ८ को (ङ) संशोधन गर्ने प्रस्ताव पारित हुनेछ ।

साथै, सभामा वित्तीय संस्थाको नियमावलीको दफा २७ (२) संशोधन गर्ने, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत अन्य नियमनकारी निकायहरूबाट प्रबन्ध पत्र तथा नियमावलीमा भएका संशोधन थप उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा, सो मुताबिक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पशे हुनेछ ।

त्यसैगरी सभाले कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तीरसमाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, मूल्याङ्कनकर्ता,लेखापरीक्षक नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरूको शाखाहरू खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरू सँग सम्बन्धीत आवश्यक कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS