काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक विच मर्जरमा जाने औपचारिक निर्णय भएको छ । लामो समयदेखि मर्जरका केहि विषयमा कुरा नमिल्ला दुबैले नेपाल राष्ट्र बैंक सँग समय थप गराउदै आएका थिए । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरका लागि दवाव दिदै आएको थियो । लाभांश स्वीकृत गर्ने समयमै राष्ट्र बैंकले मर्जरका लागि प्रतिवद्धता माग गरेको थियो ।
हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षमा तुलसीराम गौतमको स्थानमा प्रचण्डमान श्रेष्ठ आए सँगै मर्जर प्रकृयाँमा समस्या आएको थियो । तर हिजो भएको दुबै बैंकको संयुक्त बैठकले मर्जरको अन्तिम स्वीकृतिका लागि विशेष साधारणसभा बोलाउने सहमति गरेको छ । आइतबार साँझ बसेको बैठकले शुक्रवार सम्ममा २१ दिनको म्याद सहित विशेष साधारणसभा बोलाउने निर्णय भएको छ । अहिलेका अध्यक्ष प्रचण्डमान श्रेष्ठ समुहले मर्जर चाहिरहेको थिएन । तर नेपाल राष्ट्र बैंकको निरन्तरको दवावका कारण मर्जरमा जाने अन्तिम टुङ्गो लागेको हो ।
राष्ट्र बैंकले हिमालयन बैंकका शेयरधनीले प्राप्त गर्ने नगद लाभांश एकिकृत कारोबारका दिनमा मात्रै पाउने गरि निर्देशन दिए पछि उनिहरु दवावमा परेका हुन् । दुबै बैंक विचमा मर्जर बराबरी हैसियतमा हुनेछ भने नाम हिमालयन नेपाल इन्भेष्टमेन्ट रहनेछ । अध्यक्षमा इन्भेष्टमेन्टका पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयनका अशोक राणा हुने छन् । दुबै बैंक विचमा गएको बैशाखा ३० गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको थियो