काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सिइओ) को जिम्मेवारी सरोज घिमिरेलाई दिएको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुस १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी दिएको हो ।


















