Connect IPS
IME Life

नेप्सेमा दुई कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । यी दुई कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले एचआइडिसीएलको ८ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य २४८ रुपैयाँ ३३ पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयर मूल्य २६८ रुपैयाँ २० पैसाको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २२ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै, नेप्सेले साना किसान लघुवित्तको २५ प्रतिशत बोनश शेयरको समायोजन पश्चात मूल्य ११ सय ७६ रुपैयाँ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य १४ सय ७० रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

साना किसान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस १८ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS