Connect IPS
IME Life

एनसीसी बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकले साधारणसभा पुस २९ गते बिहिबार साधारण सभा गर्ने भएको छ । सभा भर्चुअल माध्यमबाट सभा गर्न लागेको जनाएको छ ।

बैंकले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ४२ प्रतिशत नगद लाभांश रहेको छ। बैकले हाल कायम चुक्तापूँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँको ८ प्रतिशतले हुन आउने ८२ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव गरेको हो। सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आर्थिक वर्ष ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित हुनेछ ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप समशोधनाको लागि नियामक निकायबाट निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् । त्यस्तै मर्जर, प्राप्ति, तथा विदेशी साझेदारीमा जाने निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS