IME Life New

स्थानीय खानीको सञ्चालन र उत्पादनमा निजी क्षेत्रलाई संलग्न गराइयोस:अध्यक्ष ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न स्थानमा रहेका तर सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द रहेका खानीहरु एवं स्थानीय कृषि उपजलगायतमा निजी क्षेत्रलाई पनि संलग्न गराइ अघि बढ्न सके स्वदेशी उत्पादनको प्रवद्र्धन र कलकारखानाको विकासमा सघाउ पुग्ने बताए ।

रामेछाप उद्योग वाणिज्य संघको १४औँ वार्षिक साधारणसभाको मन्थलीमा उद्घाटन गर्दै उनले स्थानीय स्तरमा रहेका फलाम, शिशा, कोइलालगायतका खानीहरु कुनै बन्द तथा कतिपय निकै रुग्ण अवस्थामा रहेकाले तिनको सञ्चालन गर्न सुझाव दिँदै यी खानीहरुको सञ्चालनका लागि निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्ने बताए ।

Esewa
Crest

रामेछापको ठोसेमा रहेको फलाम खानी अहिले बन्द अवस्थामा रहेकाले त्यसलाई सञ्चालनमा ल्याउन र त्यसमा निजी क्षेत्रलाई संलग्न गराउन पनि यनले माग गरे । उनले भने, पहिले सञ्चालनमा रहेको सो खानीबाट फलाम निकालेर हातहतियार लगायत उत्पादन गर्ने गरिएकोमा अहिले बन्द हुनु राष्ट्रकै लागि क्षति हो, म यस खानी तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई माग गर्दछु र यस्ता खानीहरुको सञ्चालनमा निजी क्षेत्रलाई पनि संलग्न गरेर लैजान पनि माग गर्दछु ।

साथै कार्यबाहक अध्यक्ष ढकालले स्थानीय स्तरका उत्पादन र तिनको औद्योगिकीकरण एवं बजारीकरणमा पनि निजी क्षेत्रलाई संलग्न गराउने खालका नीति नियमहरुमा आवश्यक परिमार्जन गरी अघि बढ्न सकेमा यसबाट राष्ट्रिय उत्पादकत्वमा धेरै सहयोग पुग्ने धारणा पनि राखे ।

उनले भने, जस्तो कि रामेछापमा नै जुनारलगायतका कृषि उत्पादनहरुको ठूलो सम्भावना छ तर कृषकहरुको फुट्कर उत्पादनले यथोचित बजार पाउन सकेको छैन, त्यसैले यस्ता कृषि उपजलाई संस्थागत उत्पादन र बजारीकरणमा निजी क्षेत्रको संलग्नताले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS