IME Life New

बिहिवार माथिल्लो सर्किट लागेको नेपाल बङ्गलादेश बैंकको फ्लोरसिट कस्तो थियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। साताको अन्तिम कारोवार दिन नेपाल बङ्गलादेशको शेयर मूल्यमा माथिल्लो सर्किट लागेर सो साताको शेयर कारोवार बन्द भएको थियो । कम्पनीको बेला बेलामा मर्जरको हल्ला बजारमा आउने र त्यसको असर कम्पनीको बजार मूल्यमा पर्दै आएको छ ।

कम्पनीको बजार मूल्य  ९ दशमलव ९९ प्रतिशतले वृद्धि हुँदै बजार मूल्य ३५४ दशमलव ६० पुगेको छ। सो दिन कम्पनीको सर्वाधिक शेयर कारोवार हुने कम्पनी मध्ये दोश्रो स्थानमा परेको थियो । कम्पनीको ७ करोड ८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ।

Esewa
Crest

सो कारोवार मध्य ब्रोकर नम्बर ३८ बाट सर्वाधिक खरिद भएको छ। ब्रोकर नम्बर ३८ बाट कम्पनीको १ करोड ५१ लाख बराबरको खरिद हुँदा ब्रोकर नम्बर ५८ बाट १ करोड ३४ लाख बराबरको खरिद भएको छ। त्यस्तै ब्रोकर नम्बर ५७ बाट १ करोड ३ लाख को खरिद भएको छ।  बिहीवार ३ ब्रोकर बाट १  करोड माथिको शेयर खरिद भएको छ।

त्यस्तै बिक्री तर्फ  १४ नम्बर ब्रोकरबाट ५९ लाख, २० बाट ४१ लाखको शेयर बिक्री भएको छ। साताको अन्तिम कारोवार दिन बजार घटेकोमा नेपाल बङ्गलादेश  बैंकको शेयर मूल्यमा माथिल्लो सर्किट लाग्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS