काठमाडौं । नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेशनलको बोनश शेयर सूचिकृत भएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनीको ११ लाख १ हजार ३४५ दशमलव २९ कित्ता बोनश शेयर सुचिकृत भएको हो भने सिटिजन्स बैंकको १ करोड ६२ लाख ४० हजार ५०८ दशलमव ९१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
सिटिजन्स बैंकले कात्तिक १६ गते सम्पन्न वाािर्षक साधारण सभाबाट पारित १२ दशमलव १३ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो भने सगरमाथा इन्स्योरेन्स कम्पनीले असार ३ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।
अब यस बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।