काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर विक्री गर्नका लागि बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट २ बराबर १ को अनुपातमा २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको हो ।
कम्पनीले आज मंसिर २९ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्काशनका लागि साउन १५ गते निवेदन दिएको थिायो । हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।