IME Life New

अर्थमन्त्री शर्माले लगानीकर्ताहरु सँग भने ‘पूँजी बजार घटेको प्रति चिन्तित छु, सुधारको काम गर्दैछु’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीकर्ताहरुका प्रतिनिधिहरु सँगको छलफलका क्रममा अर्थमन्त्री जनादर्शन शर्माले घटिरहेको शेयर बजार प्रति आफु गम्भिर भएको भन्दै यसको सुधारका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । शेयर बजारको सुधारका लागि आफुले योजना बनाइरहेको समेत जनाएका छन् ।

आज पूँजी बजार सुदृढीकरण बृहत कार्यदलले आज अर्थमन्त्री शर्मालाई भेट गरेको थियो । उनिहरुले शेयर बजारको सुधारका लागि आवस्यक कमद चाल्ने अनुरोध गरेका थिए । लगानीकर्ताले शेयर बजार सुधार सम्बन्धी ५८ बुँदे सुझावको कार्यान्वयन गर्न अनुरोध गरेका थिए । लगानीकर्ताले वर्तमान पूँजी बजारको अवस्था, शेयरधितोकर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिको विषयमा अर्थमन्त्री सँग जवाफ सोधेका थिए ।

Esewa
Crest

अर्थमन्त्री शर्माले नेप्से र धितोपत्र बोर्डका प्रमुखको नियुक्ति प्रकृयाँ अन्तिम चरणमा रहेको र छिट्टै नियुक्ति गर्ने जानकारी दिएका छन् । शर्माले आफु पूँजी बजारको सुधारका लागि लागिपरिरहेको र कार्यदलले उठाएका मागहरु संवोधन गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । शर्माले अहिलेको बजार घटिरहेको विषयमा चिन्ता समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS