Connect IPS
IME Life

महुलीले डाक्यो साधारणसभा, २६ % बोनश शेयर सहित ४ लाख १६ हजार कित्ता एफपिओ जारी गर्ने प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुस २४ गते नवौ वार्षिक साधारणसभा डाकेको छ । संस्थाले साधारणसभामा २६ प्रतिशत बोनश शेयर पारित गर्ने प्रस्ताव गरेको छ । संस्थाले साधारणसभामा प्रिमियममा एफपिओ जारी गर्ने विशेष प्रस्ताव स्वीकृतिका लागि पेश गर्ने भएको छ ।

संस्थाका अनुसार अहिले प्रस्ताव गरिएको बोनश शेयर समायोजन पछि संस्थाले लगभग ४ लाख १६ हजार कित्ता एफपिओ जारी गर्नु पर्नेछ । प्रिमियम दर निर्धारण गर्दा प्रचलित नियम अनुसार नेवर्थ बराबर मात्रै पाइन्छ । हाल संस्थाको नेट वर्थ २१० रुपैयाँ रहेको छ ।  यहि नेट वर्थ रहिरह्यो भने संस्थाले ११० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २१० रुपैयाँका दरले एफपिओ जारी गर्ने छ ।

Prabhu
Crest

राष्ट्र बैंकले ११० रुपैयाँ प्रिमियमका लागि स्वीकृति प्रदान गर्यो भने संस्थाको जगेडा कोषमा ४ करोड ५७ लाख ६० हजार रुपैयाँ जम्मा हुनेछ । हाल संस्थाको चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश पारित भए सँगै संस्थाको चुक्ता पूँजी २८ करोड २१ लाख रुपैयाँ पुग्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्मको वासलात, २०७७ श्रावण एक गतेदेखि २०७८ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । सभाले संस्थाको रिक्त रहेको सञ्चालक समितिमा भएको मनोनयन अनुमोदन गर्ने गर्ने भएको छ ।

सभामा अर्को उपयुक्त वित्तीय संस्थालाई गाभ्ने वा संस्था सँग गाभिने प्रयोजनका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पेश गरिने भएको छ । संस्थाले साधारणसभा प्रयोजनका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS