Connect IPS
IME Life

चार कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मेगा बैंक,सोल्टी होटल, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्दैछन् । मेगा बैंकले बिहान ११ः१५ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा गर्ने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यस बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैक नेपालले बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा सभा गर्ने भएको छ । सभाले १० प्रतिशत बोनश शेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ ।

त्यस्तै सोल्टी होटलले बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहचल काठमाडौंमा सभा हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै लाभांश प्रस्ताव गरेको छैन ।

ग्लोबल आइएमई लघुवित्तको ९ औं वार्षिक साधारण सभा आज मंसिर २८ गते हुने भएको छ । संस्थाको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । सभा होटल पोखरा ग्राण्ड , पोखरा , कास्कीमा बिहान १० बजेबाट शुरु हुने कम्पनीले बताएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको २८ प्रतिशत बोनश शेयर वितरण प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।

त्यसैगरी संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS