IME Life New

मुनाफा र बीमालेख संख्यामा अग्रता लिदै : रिलायबल लाईफ इन्स्योरेन्स

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

जिबन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा आकर्षक मुनाफा सहितको वित्तीय विवरण प्रकशित गरेको छ, कम्पनीले ६ महिनाको अबधिमा ९ करोड ९२ लाख खुद मुनाफा आर्जन गरेको छ ।

सो अबधिमा कम्पनीले ५४ करोड ३१ लाख कुल बीमा शुल्क आम्दानी गरेको छ, बीमा शुल्क आम्दानीको हिसाबले कम्पनीले ठुलो फड्को मारेको देखिन्छ । स्थापनाको समय देखिनै मुनाफाको हिसाबले अग्रता लिएको कम्पनीले बीमा शुल्क आर्जनको हिसाबले नयाँ संचालित जिबन बीमा कम्पनीहरु मध्ये दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।

Crest

कम्पनीको जिबन बीमा कोषको आकार समेत आकर्षक बन्दै गएको छ, कम्पनीले आफ्नो जगेडा कोषमा २७ करोड ३४ लाख जम्मा गरेको छ जुन नयाँ संचालित जिबन बीमा कम्पनीहरु मध्ये उच्च हो ।

इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या ३ लाख २४ हजार ४ सय २७ रहेको जनाएको छ। कम्पनीले जारी गरेको बीमालेख संख्याको आधार हेर्दा कम्पनीले बिमांक रकमका साथ-साथै बिमालेख संख्या विस्तार गर्नमा समेत जोड गरेको देखिन्छ, जुन बीमा कम्पनीहरुका लागि दिर्घकालिन रुपमा राम्रो मानिन्छ। कम्पनीले महा-बिपत्ति जगेडा कोषमा १ करोड १० लाख जम्मा गरेको छ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको जगेडा कोषमा १७ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको जीवन बीमा कोषमा २७ करोड ३४ लाख रहेको छ । कम्पनीले ६० करोडको सर्बसाधारण शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS