Connect IPS
IME Life

कर्पोरेट डेभलपमेन्ट बैंकले पायो कमजोर रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक वर्ष अघि नै अग्राधिकार शेयर निष्काशन गर्ने सूचना चुहाएर दोश्रो बजारमा अप्रत्याशित मूल्य कायम गराएको कर्पोरेट डेभलपमेन्ट बैंकको जोखिम उच्च रहेको पाइएको छ । रेटिङ एजेन्सी केयर रेटिङले गरेको जोखिमांकन अन्तर्गत कर्पोरेट डेभलपमेन्टले शेयर जारीकर्ता कम्पनीको रुपमा केयरएनपि बिप्लस(आइएस) पाएको छ । यस्तो रेटिङ प्राप्त कम्पनीले समयमै वित्तीय दायीत्व पुरा गर्न नसक्ने जोखिम ज्यादै उच्च हुने गरेको छ ।

कम्पनीको सम्पत्तिको कमजोर गुणस्तर, उच्च निष्कृय कर्जा, न्यून बजार हिस्सा, ऋणीको सीमित संख्यालगायतको कारणले बैंकको वित्तीय दायीत्व बहन गर्ने क्षमता ज्यादै कमजोर रहेको केयर रेटिङले उल्लेख गरेको छ । यो बैंकको व्यवसायको ठूलो हिस्सा मुख्य २० जना ग्राहकमा केन्द्रित रहेको छ । त्यसैगरी कूल कर्जा लगानीको २५ प्रतिशतभन्दा बढी हिस्सा निर्माण कम्पनीहरुमा रहेको छ ।

Prabhu
Crest

प्रदेश २ कार्य क्षेत्र रहने गरी राष्ट्र बैंकबाट प्रादेशिक स्तरको विकास बैंकको इजाजत पाएको कर्पोरेट डेभलपमेन्टले पर्सा जिल्लाको चारवटा शाखाबाट मात्र सेवा प्रदान गरिरहेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले गत वर्षकै माघ महिनामा अग्राधिकार शेयर जारी गर्नको लागी धितोपत्र बोर्डमा निवेदन दिएको थियो । निवेदन दिएको औपचारिक जानकारी बोर्डले ढिलो गरी सार्वजनिक गरेको थियो । त्यसयता अहिलेसम्म पनि अग्राधिकार शेयर जारी हुन सकेको छैन । तर कमजोर आर्थिक अवस्थाको यो कम्पनीको शेयर मूल्य दोश्रो बजारमा तुलनात्मकरुपमा उच्च रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS