IME Life New

दुहबी नगरपालिकामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले सुनसरीको दुहबी नगरपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । दुहबी–८ स्थित जुटमिल चोकमा सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित इकाइ ८१ पुगेको बैंकले जनाएको छ ।

बैंकले सेवाको व्यावसायिक प्रतिनिधिका रुपमा अमनकुमार साहलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन दुहबी नगरपालिकाकी कार्यवाहक प्रमुख कलावति चौधरीले गरेकी थिइन् ।

Esewa
Crest

शाखारहित इकाइमार्फत सर्वसाधारणले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सक्नेछन् । कृषि, मजदुरी र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको यस क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यले शाखारहित इकाइ सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।

कार्यक्रममा वडासचिव रोहित पराजुली, बैंकका प्रदेश १ प्रमुख विवेककुमार निरौलालगायत विभिन्न शाखा प्रमुखको उपस्थिति थियो ।

हाल बैंकले १३९ शाखा, ८१ शाखारहित बैंकिङ, १२ एक्सटेन्सन काउन्टर र १५८ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS