Connect IPS
IME Life

दुहबी नगरपालिकामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले सुनसरीको दुहबी नगरपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । दुहबी–८ स्थित जुटमिल चोकमा सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित इकाइ ८१ पुगेको बैंकले जनाएको छ ।

बैंकले सेवाको व्यावसायिक प्रतिनिधिका रुपमा अमनकुमार साहलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाको उद्घाटन दुहबी नगरपालिकाकी कार्यवाहक प्रमुख कलावति चौधरीले गरेकी थिइन् ।

Prabhu
Crest

शाखारहित इकाइमार्फत सर्वसाधारणले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सक्नेछन् । कृषि, मजदुरी र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको यस क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यले शाखारहित इकाइ सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।

कार्यक्रममा वडासचिव रोहित पराजुली, बैंकका प्रदेश १ प्रमुख विवेककुमार निरौलालगायत विभिन्न शाखा प्रमुखको उपस्थिति थियो ।

हाल बैंकले १३९ शाखा, ८१ शाखारहित बैंकिङ, १२ एक्सटेन्सन काउन्टर र १५८ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS