काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले २१ दशमलव ४८ प्रतिशत बोनश शेयरको मुल्य समायोजनपछि शेयर मूल्य १ हजार ४१ रुपैयाँ १८ पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार २६० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २१ दशमलव ४८ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि १ दशमलव १३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न कम्पनीले पुस १० गते उद्योग संगठन मोरङको सभाहल, विराटनगरमा १५ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।