काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २१ गते हुने भएको छ । कम्पनीले सभा बिहान ११ बजे होटल पिस प्यालेस बाग्लुङ्ग बजारमा हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।
साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली समसामयकि थप र संशोधन गर्ने र कुनै लघुवित्त वित्तीय संस्थासँग यस लघुवित्त एक आपसमा गाभ्नेर गाभिने प्रयोजनका लागि उपयुक्त लघुवित्त पहिचान गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/ ७८ मा भएको संचालक समिति र अन्य समितिको बैठक भत्ता तथा समिति सम्बन्धी अन्य खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।