काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । संस्थाको कात्तिक २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा नगद लाभांश जम्मा गरिदिएको कम्पनीले जनाएको छ ।
कम्पनीले मंसिर ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ४१ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको हो । उक्त लाभांश आफ्नो बैंक खातामा प्राप्त भए नभएको यकिन गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले हालसम्ममा पनि आफ्नो बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह समेत गरेको छ ।