IME Life New

प्रभु बैंकको साधारण सभा पुस १८ गते, १२% बोनश शेयर वितरणको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले आफ्नो वार्षिक साधारण सभा पुस १८ गते गर्ने भएको छ । सभा आफ्नै केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने बैंकले जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने समेत बैंकले जानकारी दिएको छ ।

सभामा सञ्चाक समितिले प्रस्ताव गरे बमोजिम १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

Esewa
Crest

त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पेश हुनेछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आथिृक वर्ष २०७८र०७९ का लागि लेखापरीक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

सभामा प्रबन्धपत्र, नियमावलीका विभिन्न दफारनियम संसोधन गर्ने, प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र, नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज हुनेछ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS