Connect IPS
IME Life

आजदेखि सिभिल बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल बैंक लिमिटेडले आज मंसिर २४ गतेदेखि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन तथा विक्री खुला गर्दैछ । बैंकले १० वर्षे अवधिको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको जानकारी दिएको छ ।

Prabhu
Crest

उक्त ऋणपत्रमा छिटोमा मंसिर २८ गतेसम्ममा आवेदन दिन सकिनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।

बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS