IME Life New

सेञ्चुरी कमर्सियल बैंकद्धारा ४९ जना सिमान्तकृत वर्गका विद्यार्थीलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सिमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मि प्रतिष्ठानद्धारा संचालन गरिएको कुमार बलराम स्मृती छात्राबासमा रहेका ४९ जना सिमान्तकृत वर्गका विद्यार्थीहरुलाई जाडो मौसमको मध्यनजर गर्दै न्यानो कम्बल बितरण गरिएको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

Esewa
Crest

बैंकका अनुसार कार्यक्रममा लक्ष्मि प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक राजेश श्रेष्ठ लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS