Connect IPS
IME Life

सानिमा लाइफ पाँचौ वर्षमा प्रवेश,उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी पाँचौ वर्षको प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनको चोंथो वर्ष सफलतापुर्वक पार गरी पाँचौ वर्षमा प्रवेश गरेको हो । कम्पनीले स्थापनको छोटो समयमा नै आफ्नो व्यवसाय विस्तारलाई तिव्र रुपमा अगाडी बढाउन सफल भएको छ ।


कम्पनीले चौंथो वार्षिकोत्सव मनाइरहदा सबै ग्राहक, व्यक्तिगत तथा संस्थागत अभिकर्ता, शेयरधनी, नियमनकारी निकाय, शुभचिन्तक लगायत सबै सम्बन्धीत निकायहरु तथा सरोकारवाला पक्षको साथ र सहयोगका लागि आभार व्यक्त गरेको छ । कम्पनीले आगामी दिनमा पनि सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा समेत गरेको छ ।

Prabhu
Crest

कम्पनीले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कम्पनीले आफ्नो दरबारमार्ग स्थित कार्यलयमा रक्तदान कार्यक्रमको आयोजना गरी भव्य रुपमा बार्षिकोत्सव मनाएको हो । ७५ जना भन्दा बढिको उपस्तिथिमा रक्तदान कार्यक्रम सप्पन्न भएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीको अध्यक्ष कुमार कोइराला, संचालक डा. सुबर्ण दास श्रेष्ठ, संचालक बद्री विशाल घिमिरे, प्रमुख कार्यकारी अधिकृत अगम मुखिया लगायत कम्पनीको ब्यबस्थापन समूह कर्मचारी तथा अभिकर्ताको उपस्थितमा थियो ।

कम्पनीले आर्थिक पछिल्लो समय बीमा व्यवसायमा फड्को मारेको छ । कम्पनीले कात्र्तिक महिनासम्म ७४ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीले ११८ वटा शाखा तथा उप शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएको छ । यस अवधिमा कम्पनीमा २४३ जना कर्मचारी आबद्ध रहेका छन् ।

कम्पनीले आफ्ना बीमितहरुलार्य छिटो छरिदो तथा भरपर्दो रुपमा बीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा अझ ग्राहकमैत्री उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS