IME Life New

स्वावलम्बन लघुवित्तको साधारण सभा पुस १५ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पुस १५ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि शुरु गर्ने कम्पनीले जनाएको छ ।

संस्थाले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट आफ्ना शेयरधनिहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव समेत पारित गर्नेछ ।

Esewa
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आथिृक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले स्वतन्त्र संचालक पदमा संचालक समितिबाट गरिएको नियुक्तिको जानकारी गर्ने, अधिकृत पूँजी बृद्धि गर्ने, प्रबन्धपत्रको दफा ४(द), ५(क) ५(ख), ५(ग) संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस ६ गतेदेखि सभाको मितिसम्म बुक क्लोज गर्नेछ । त्यसकारण पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS