Connect IPS
IME Life

सातै प्रदेशमा जग्गा खरिद गर्दै नेपाल लाइफ, लगानी विविधिकरण गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केन्द्रिय तथा प्रादेशिक कार्यालयका साथै लगानी प्रयोजनका लागि जग्गा खरिद प्रकृयाँ अगाडी बढाएको छ । कम्पनीले आफ्नै जग्गामा भवन बनाउने हिसावले पनि जग्गा खरिद गर्ने भएको हो । यस बाहेक कम्पनीले लगानी निर्देशिका अनुसार आफ्नो टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म घरजग्गामा लगानी गर्न पाउछ । सोहि अनुसार कम्पनीले विगत लामो समयदेखि घरजग्गामा लगानी गर्ने योजनामा थियो । हाल नेपाल लाइफको विविध क्षेत्रमा एक खर्बको लगानी रहेको छ ।

कम्पनीले केन्द्रिय कार्यालयका लागि काठमाडौंमा न्युनतम एक रोपनीदेखि अधिकतम ९ रोपनी सम्मको जग्गा खरिदका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । नेपाल लाइफले लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुनारो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज र भाटभनेनीमा मुलबाटोबाट ८ मिटरको दुरिमा रहेका जग्गाधनीहरुले प्रस्ताव पेश गर्न सक्ने छन् । जग्गाधनीले आजको १५ दिन भित्रमा प्रस्ताव पेश गर्न पाउने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले केन्द्रिय कार्यालय तथा अन्य प्रयोजनका लागि पनि उक्त जग्गा खरिदको योजना बनाएको हो । बीमा समितिले लगानी निर्देशिकामा घरजग्गा खरिद गर्न पाउने व्यवस्था गरिदिए साँगै ठुलो परिमाणमा जग्गा खरिद गर्ने योजना बनाएको हो ।

प्रस्ताव पेश गर्दा जग्गाधनीले घर-जग्गाको प्रति रोपनी मूल्य स्पष्ट खुल्ने गरी अंक र अक्षरमा उल्लेख गर्नु पर्नेछ । जग्गाको कित्ता नम्बर स्पष्ट देखिने ब्लुप्रिन्ट नक्सा अनिवार्य रुपमा समावेश भएको हुनुपर्नेछ । जग्गाको स्थान बारे स्थान खुल्ने नक्सा र सो नक्सामा जग्गाको सिमान चिन्ह लगानी नक्सा पेश गर्नुपर्नेछ । यदि उक्त जग्गामा घर निर्माण भएकव भए घरको जग्गाधनी प्रमापत्र पूर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, चालु आर्थिक वर्षको तिरो तिरेको रसिदको प्रतिलिपि समेत पेश गर्नु पर्ने हुन्छ ।

सम्बन्धित जग्गाको कुनै प्रकारको विवाद, मुद्दा मामिला नरहेको हुनुपर्नेछ र सो को स्वःघोषणा पेश गर्नुपर्नेछ । उल्लेखित घर-जग्गाका कुनै पनि प्रकारले बैंक तथा वित्तीय संस्था वा अन्य निकायमा धितो जमानतको रुपमा रही रोक्का रहेको भए सोको सम्पुर्ण विवरण समेत पेश गर्नुपर्नेछ ।

कम्पनीले गत असोज ६ गते पोखरामा पनि २ रोपनीसम्मको जग्गा खरिदका लागि प्रस्ताव आह्वान गरेको थियो । कम्पनीले पोखराको न्यूरोड, नयाँ बजार, चिप्लेढुङ्गा, सृजना चोक, सभागृह चोक, लेकसाइड, पृथ्वी चोक हुँदै बुद्धचोक क्षेत्रका जग्गाधनीहरुका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको थियो । नेपाल लाइफले अन्य प्रदेशका प्रमुख शहरहरुमा पनि घरजग्गा खरिदका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS