IME Life New

शेयर बजार सम्बन्धी हल्ला फैलाउने विरुद्ध अख्तियारमा उजुरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल तथा युट्युव मार्फत शेयर बजार सम्बन्धी भ्रामक भविष्यबाणी गर्नहरुको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कथित प्राविधिक विश्लेषकहरुले युट्युव तथा सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफ्नो स्वार्थ अनुकुल भिडियो बनाउनेहरुलाई कारबाहीको माग गर्दै उजुरी परेको हो ।

विगत केही समयदेखि नेपालमा धितोपत्रको दोश्रो बजारमा हुने शेयर कारोवारमा विगतमा हुँदै आएका विभिन्न चलखेलका अतिरिक्त हाल केही व्यक्तिहरु र उनिहरुका समूहहरु नै विभिन्न माध्यमबाट आफ्नो व्यक्तिगत स्वार्थ अनुरुप व्यवसायिक प्रयोजनका लागि तथा माफिया र शेयरका ठूला खेलाडीहरुको ज्यालादारी कर्मचारी जस्तो वनेर दिनहु युटुवमा लगानिकर्तालाइ भ्रमित पार्ने वजारको भविष्यावाणीको नाममा स्वार्थ समूहको अनुकुलका भिडियो हाल्ने काम भइरहेको उनिहरुको उजुरीमा उल्लेख छ । यहि उजुरीका साथ उनिहरुले कथित प्राविधिक विश्लेषक  भनिने युटुवेहरुको लिन्क पनि उल्लेख गरेका छन् ।

Esewa
Crest

उजुरी अनुसार लगानीकर्तालाइ अनावश्यक रुपमा आफ्नो स्वार्थ मुताविक उक्साउने तथा हतोत्साही बनाउने जस्ता कार्यवाट लगानीकर्ताको सम्पत्ती माथि खेलवाड गर्ने कार्य भइरहेको छ । उनिहरु सिमित ठूला लगानीकर्ताको स्वार्थ अनुरुप भिडियो तयार पार्ने अनि युटुवमा राखी बजार माथिल्लो विन्दुमा रहदा समेत अव किन्ने बेला भयो भन्दै किन्न उक्साउने त कहिले बजार घटेर धेरै तल झरिसक्दा समेत अव वियरिसमा जान्छ स्टप लस गर्नुस भनेर हतोत्साही बनाउने अत्याउने जस्ता गतिविधिमा दैनिक जसो क्रियाशिल देखिएको उनिहरु भनाइ छ । उनिहरुको व्यवहार तथा क्रियाकलाप हेर्दा नेपाल सरकारले यसैका लागि नियुक्त गरेका कर्मचारीको जस्तो रहेको उजुरी कर्ताको भनाइ छ ।

अर्कोतर्फ केही व्यक्तिहरु दिन रात फेसवुकबाट मेसेजबाट लाइभका नाममा तथा क्लब हाउसका नाममा यस्ता अफवाहा फैलाउने कार्य गरिरहेको उनिहरुको उजुरीमा छ । अतः कानुन विपरित यस्ता गतिविधिमा संलग्न भइ सूचना प्रविधिको दुरुपयोग गरि बारम्बार गलत अफवाहा फैलाएर सोझा सिधा लगानीकर्ताको सम्पत्ती माथि खेलवाड भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि तथा बजारलाइ थप प्राकृतिक तवरले अघि बढ्ने कार्यमा सहयोग पुर्याउनका निमित्त यस्ता गतिविधि गरिरहेकाको सूचि समेत उनिले बुझाएका छन् ।

उजुरीकर्ताले कथित विश्लेषकहरु, फेसबुक/ग्रुप/पेजहरु तथा विना कारण कोलेट्रोल शुन्य बनाउने, समयमा खातामा शेयर नहाल्ने तथा पैसा समयमा नदिने ब्रोकरहरु माथि गहिरो अनुसन्धान गरि कानुन बमोजिम कडा भन्दा कडा कारवाहीको माग सहित निवेदन दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS