IME Life New

सपोर्ट लघुवित्तद्वारा शाखा व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा व्यवस्थापन तथा लघुवित्त व्यवस्थापन तालिम सहित आर्थिक वर्ष २०७८/८९ को प्रथम चौमासिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ । संस्थाले कर्मचारीहरुको पद अनुसार श्रेणिकरण गरी आवश्यक विषयबस्तुहरुमा तिन लट गरी संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई शाखा व्यवस्थापन र लघुवित्त व्यवस्थापन तालिम दिएको हो ।

संस्थाले शाखा प्रमुखहरुको ३ दिने शाखा व्यवस्थापन तालिम तथा प्रथम चौमासिक समिक्षा गोष्ठी मंसिर २, ३ र ४ गते धनकुटा जिल्ला स्थित भेडेटार स्थित म्याजेस्टिक होटलमा सम्पन्न गरेको छ । तालिममा श्रवण कुमार सपोर्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेललाई मुख्य प्रशिक्षकका रुपमा आमन्त्रित गरिएको र यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीना, विभिन्न विभागका विभागिय प्रमुख तथा विभागका कर्मचारीहरु बिष्णुकान्त चौधरी, संजय कुमार चौधरी, डिल्लीराम पोखरेल, सोकेन्द्र कुमार राय र राजेन्द्र पहाडीले शाखा प्रमुखहरुलाई विभिन्न विषयहरुमा प्रशिक्षण गर्नुका साथै सुझावहरु दिएका थिए ।

Esewa
Crest

कार्यक्रममा शाखाका शाखा प्रमुखहरुले शाखा कार्यालयहरुलाई दिइएको लक्ष्य अनुसार आ–आफ्नो शाखाको प्रगति विवरण पेश गर्नुका साथै आगामी दिनहरुको लागि रणनीतिक योजनाहरु प्रस्तुत् गरेका थिए । संस्थाको २४ वटा शाखा कार्यालयहरु मध्ये चौमासिक लक्ष्य प्रगतिका आधारमा उत्कृष्ठ शाखा कार्यालय गराँस, उदयपुर घोषित भई शाखा प्रमुखलाई सम्मानित गरीएको थियो ।

त्यस्तै संस्थाले सहायक स्तरका कर्मचारीहरुको लघुवित्त व्यवस्थापन तालिम २०७८ मंसिर १० र ११ गते र भर्खरै संस्थामा आबद्ध भएका नयाँ सहायक स्तरका करार, तालिमे, प्रशिक्षार्थी, परीक्षणकालमा रहेका कर्मचारीहरुको समेत २०७८ मंसिर १७ र १८ गते ईटहरी स्थित ओशियन पार्क रिसोर्ट प्रा.लि.मा सम्पन्न गरेको छ ।

लघुवित्त व्यवस्थापन तालिममा कर्मचारीहरुलाई नयाँ सदस्य बनाउने, कर्जा लगानी गर्ने, कर्जाको भाखा नाघ्न नदिने तथा भाखा नाघेको कर्जा कसरी असुली गर्ने, सदस्यहरुलाई तथा संस्था रहेको कार्यक्षेत्रमा वित्तीय साक्षरताका कार्यक्रमहरु मार्फत साक्षर कसरी बनाउने आदी विषयहरुमा प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु साथै विभागका कर्मचारीहरुबाट प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।

संस्थामा आवद्ध सहायक स्तरका कर्मचारीहरु मध्ये सदस्य वृद्धिमा लक्ष्य भन्दा बढी प्रगति हासिल गर्ने शाखा कार्यालयहरुलाई सम्मान गरीएको थियो । लघुवित्त व्यवस्थापन तालिममा रिलाईबल नेपाल लाईफका तर्फबाट समेत प्रतिनिधि सहभागि भई कर्जाको विमाका बारेमा सहजीकरण गरेका थिए ।

शाखा व्यवस्थापन तालिम र लघुवित्त व्यवस्थापन तालिममा सहभागि शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरुलाई कार्यक्रमको अन्त्यमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीनाले प्रमाणपत्र वितरण गरी कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS