IME Life New

एशियन लाइफ इन्स्योरेन्सको क्लब मेम्बर कन्फ्रेन्स शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको क्लब मेम्बर कन्फ्रेन्स पोखरामा शुरु भएको छ । कम्पनीले प्रत्येक बर्ष आफ्नो अभिकर्ताहरुमध्ये उत्कृष्ट हुने अभिकर्तालाई देशको हरेक प्रदेशमा सम्मान गर्दै आएको छ । सोही अनुरुप अहिले उक्त कन्फ्रेन्स पोखरामा शुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको हाल कन्फ्रेन्समा कम्पनीका नेपाल भरिका १ लाख अभिकर्ता मध्ये क्लब मेम्बरमा २७० जना मात्र छनौट भएको र सम्मान पाएको प्रमुख कार्यकारी दिनेशलाल श्रेष्ठले बताए ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी होम बहादुर श्रेष्ठले अभिकर्ताहरुले आफ्नो अभिकर्ता पेशालाई ब्यवसायका रुपमा लिनुपर्नेमा जोड दिए ।

त्यस्तै, कार्यक्रममा प्रमुख कार्यकारी श्रेष्ठले सबैले आफुमा बिश्वास गरेर अगाडी बढ्दा सबै खालका लक्ष्य पूरा गर्न सकिने बताए । कम्पनीले यस अवसरमा उत्कृष्ट भएका सबै अभिकर्तालाई सम्मान गरेको छ ।

कम्पनीका कार्यकारी प्रमुख दिनेश लाल श्रेष्ठको सभापतित्व एवम कम्पनीका संचालक समितीका अध्यक्ष दिपक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा विशिष्टसंचालक समिति सदस्य सजल मास्के, कम्पनीका नायब प्रमुख कार्यकारी होम बहादुर श्रेष्ठ , अन्तराष्ट्रिय मोटिभेटर रबिन कटुवाल,कम्पनीका प्रादेशिक प्रमुखहरु बिजय पराजुली,रामरुप सहनी,बद्रीनाथ पौदेल,रितु प्रदान ,केशवराज गिरि,लोकराज जोशी,दामोदर लामिछाने सहित देश भरका उत्कृष्ट जीवन बीमा अभिकर्ताहरुको उपस्थिति रहेको थियो।

कम्पनीले हालसम्म १४९ वटा शाखा तथा उप शाखा कार्यालयहरु मार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS