IME Life

भत्ताकै लागि बैठक बस्छन् नेपाल लाइफका सञ्चालक, कमलेश अग्रवाल एक्लैले १३८ मिटिङ बापत बुझे २९ लाख

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरु विना काम भत्ताकै लागि सञ्चालक समितिको बैठक बस्ने गरेको पाइएको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा १३८ वटा मिटिङ बसेको देखिएको छ । उनले मिटिङ भत्ता बापत २७ लाख १० हजार रुपैयाँ बुझेका छन् भने अन्य सेवा सुविधा बापत एक लाख ८० हजार रुपैयाँ सहित २८ लाख ९० हजार रुपैयाँ बुझेको पाइएको छ ।

त्यस्तै विमल प्रसाद ढकाल पनि ६९ वटा मिटिङमा समावेश भएको देखिएको छ । उनले बैठक भत्ताबापत १३ लाख ४० हजार र मासिम सेवा सुविधा बापतको एक लाख ८० हजार रुपैयाँ सहित १५ लाख २० हजार रुपैयाँ बुझेका छन् । राम अभतार अग्रवाल पनि ५४ वटा मिटिङमा समावेश भएको देखिएको छ । उनले बैठक भत्ता बापत १० लाख २३ हजार र मासिक सेवा सुविधा बापत एक लाख ८० हजार सहित १२ लाख तीन हजार रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

महिला सञ्चालक पारुल ढकाल पनि ३२ वटा बैठकमा बसेर ६ लाख ३१ हजार बैठक भत्ता र एक लाख ४० हजार अन्य सेवा सुविधा सहित ८ लाख ११ हजार रुपैयाँ बुझेकी छिन् । सञ्चालकहरु मध्ये सबैभन्दा कम पारस मुण्डरा १५ पटक मात्रै बसेको देखिन्छ । उनले २ लाख ७५ हजार भत्ता र एक लाख ४० हजार अन्य सेवा सुविधा सहित ३ लाख ९५ हजार रुपैयाँ बुझेका छन् । विवेक अग्रवाल पनि २४ वटा मिटिङमा समावेश भएको देखिन्छ । उनले मिटिङ भत्ता बापत ४ लाख ७१ हजार र अन्य सेवा सुविधा बापत एक लाख ४० हजार सहित ६ लाख ५१ हजार रुपैयाँ बुझेका छन् ।

अध्यक्ष गोविन्दलाल संघाई भने जम्मा १७ वटा मिटिङमा मात्रै बसेको पाइन्छ । उनले ३ लाख ४४ हजार भत्ता र एक लाख ४० हजार अन्य सेवा सविधा सहित ५ लाख २४ हजार रुपैयाँ मात्रै बुझेको देखिन्छ । उनि भन्दा धेरै कमलेश अग्रवालको हस्तक्षेप सबैभन्दा धेरै रहेको देखिन्छ ।

उनि कम्पनीबाट आर्थिक लाभ लिनैका लागि अनावस्यक रुपमा बैठकमा बस्ने गरेको पाइएको हो । उनले प्राप्त गरेको यो रकमलाई हेर्दा उनि सञ्चालक भन्दा पनि कार्यकारी भुमिकाका व्यक्ति बढि हुन् कि भन्ने देखिन्छ । जवकी उनि कम्पनीका लगानीकर्ता अझ सञ्चालक हुन् ।

कम्पनीको सञ्चालक समितिले लिएको बैठक भत्ता तथा अन्य सेवा सुविधा हेर्दा नेपाल लाइफले ठुलै उपलब्धी हासिल गर्नु पर्ने हो तर कम्पनीले विगत तीन वर्षदेखि लगातार बजार हिस्सा गुमाउदै गइरहेको छ । चार वर्ष अगाडी जीवन बीमा व्यवसायमा नेपाल लाइफको मात्रै ३५/४० प्रतिशत बजार हिस्सा रहेको छ । तर कार्तिक महिनामा नेपाल लाइफको प्रथम बीमा शुल्क तर्फको बजार हिस्सा हेर्यो भने जम्मा १८ प्रतिशतमा खुम्चिएको छ । कम्पनीका केहि सञ्चालकहरुको चरम हस्तक्षेपका कारण कम्पनीको सुधार भन्दा पनि बिग्रने क्रम बढेको छ ।

सञ्चालकहरुको मिटिङ बसेको दिन हेर्दा उनिहरु अन्य कर्मचारीको भन्दा धेरै समय कम्पनीमा बस्ने गरेको देखिन्छ । सञ्चालक पद कार्यकारी पद होइन । तर नेपाल लाइफका कतिपय सञ्चालक नियमित जसो कम्पनीमा आउछन् र सानो सानो कुराहरुमा पनि निगरानी गरेर हस्तक्षेप गर्छन् ।

उनिहरुको माइक्रोम्यानेजमेन्टले विवेक झा बाहेक कुनै पनि प्रमख कार्यकारी अधिकृतले पुर्ण कार्यकाल काम गर्न सकेका छैनन् । यस अगाडीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइ त झन् एक वर्ष पनि टिक्न सकेनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS