Connect IPS
IME Life

रिलायन्स लाइफको साधारणसभा पुस ११ गते, सञ्चालकको निर्वाचन सहित यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ वगते चौथो वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति सहित एजेण्डाहरु तय गरेको हो । कम्पनीले साधारणसभामा सञ्चालसमितिबाट यस अगाडी ५.२६३२ प्रतिशत नगद लाभांशलाई साधारणसभामा पेश गर्ने भएको छ ।

सभाले संचालक समितिमा साधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव रहेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्नेछ ।

Prabhu
Crest

सभामा कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनीको नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन अनुसार अनुमोदन गर्न प्रस्ताव रहेको छ ।

साधारणसभा प्रयोजनका लागि मंसिर २६ गते एकदिन बुक क्लोज गर्ने भएको छ । मंसिर २५ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS