काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले ९१ हजार ७७६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४० हजार ७७६ र सुफल शर्माको नाममा रहेको १०० कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो ।
शेयरको मूल्य तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको शेयर शाखामा लिखित निवेदन सहित सम्पर्क गर्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।