काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरणगर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात् लगानीकर्ताले पाउनेछन् ।