Connect IPS
IME Life

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक, सबैको लघुवित्त वित्तीय संस्था र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । बै।कले साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंसिर १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्नो १३औं वार्षिक साधारण सभा मंसिर २९ गते गर्ने भएको छ । सभा महाराजा रिसोर्ट, बुटवल उपमहानगरपालिका ११, रुपन्देहीमा बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १० दशमलव ९३ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब नगद प्रवाहका साथै, जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गतेदेखि २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंसिर १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

कम्पनीले पुस ३ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी एभरेष्ट बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण आजसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । बैंकले पुस एक गते २७ औ वार्षिक साधारणसभा डाकेको छ । बैंकले भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ । केन्द्रिय कार्यालय बाटै विहान साढे ११ बजेदेखी साधारणसभा सुरु हुने बैंकले जनाएको छ ।

सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र ४।३२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ । सभाले २०७८ असार ३१ गतेसम्मको लेखापरीक्षण तथा वासलात, नाफा नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने बिषय सूचि रहेको छ ।

कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक हालको चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुने ५३ करोड ३६ लाख रुपैयाँ बराबरको बोनश शेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ भने ४।५ प्रतिशतका दरले हुने ३८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश पारितका लागि सिफारित गर्ने भएको छ । सभाले दुबै प्रस्ताव पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

प्रस्तावित लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS