काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव २८ अंकले बढेर २,६३३ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ७४ करोड २० लाख ८५ हजार रुपैयाँको शयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको १४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महिला लघुवित्तको ९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ८ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ७ करोडमाथिको शेयर कारोबार भएको छ ।