IME Life New

अझै कति वाणिज्य बैंकको शेयर किन्दा पाइन्छ लाभांश ? ४ कम्पनीको घोषणा हुन बाँकि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा कारोवार हुने २६ वाणिज्य बैंकमध्ये ४ वाणिज्य बैंकले अझै लाभांश प्रस्ताव गर्न बाँकी छ। एनसीसीबी बैंक, कृषि विकास बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले अझै पनि गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छैनन् ।

आर्थिक वर्ष ७७/७८ को लाभांश घोषणा गरेका बैंकमध्ये नबिल बैंकले सर्वाधिक लाभांश घोषणा गरेको छ। बैंकले ३३ दशमलव ६ प्रतिशत बोनश शेयर र ४ दशमलव ४० प्रतिशत नगद लाभांश गरेर जम्मा ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले अझै बुक क्लोज मिति तय गरेको छैन् ।

Esewa
Crest

त्यस्तै नेंपाल इन्भेष्टमेन्ट बै‌कसँग मर्जर प्रक्रियामा रहेको हिमालयन बैंक धेरै लाभांश प्रस्ताव गर्नेमा दोश्रो स्थानमा रहेको छ। कम्पनीले २१ दशमलव ३८ प्रतिशत बोनश शेयर र ४ दशमवल ६२ प्रतिशत नगद लाभांश गरेर जम्मा २६ प्रतिशत र तेश्रोमा सानिमा बैंकले १७ प्रतिशत बोनश शेयर र शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांश गरेर जम्मा १७ दशमलव ८९ प्रतिशत लाभांश घोषणा गरेको छ। सानिमा बैंकले कार्तिक १४ गते आफ्नो १७ औ वार्षिक साधारण सभा सम्पन्न गरेको अवस्था छ।

बुक क्लोज मिति तय गरेका तर बुक क्लोज मिति आउँन बाँकी वाणिज्य बैंक :

३ वाणिज्य बैंक प्राइम कमर्सियल बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले बुक क्लोजको मिति तय गरेका छन् । तर पनि बुक क्लोज भने भइसकेका छैनन् । प्राइम बैंकले १६ दशमलव ६३ प्रतिशत लाभांश प्रयोजनार्थ मंसिर २२ गते बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा मंसिर २१ गते सम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन्।

त्यस्तै नेपाल बैंकले १७ प्रतिशत लाभांश प्रयोजनार्थ मंसिर २१ गते बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा मंसिर २० गते सम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्नेछन्। र एभरेष्ट बैंकले १० दशमवल ३२ प्रतिशत लाभांश प्रयोजनार्थ मंसिर १७ गते बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा मंसिर १६ गते सम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन्।

लाभांश घोषणा गरेका तर बुक क्लोज मिति तय नगरेका वाणिज्य बैंक :
एनएमबी बैंक, सनराईज बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, नबिल बैंक, र नेपाल एसबीआई बैंक र लक्ष्मी बैंकले लाभांश घोषणा गरे पनि यो समाचार तयार पार्दा सम्म बुक क्लोजको मिति तय नगरेको अवस्था छ। हिमालयन बैंकको मर्जरको कारण कारोवार रोक्का छ । एनएमबी बैंकले १२ दशमलव ५ प्रतिशत बोनस शेयर र ३ दशमवल ३० प्रतिशत नगद लाभांश गरी जम्मा १५ दशमवल ८० प्रतिशत लाभांश पारित गर्न २२ पौषमा साधारण सभा बोलाए पनि बुक क्लोजको मिति तय गरेको छैन।लाभांशको लागि बुक क्लोज भएका बैंकहरु:
सिटिजन्स बैंक, सानिमा बैंक, माछापुछ्रे बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, बैंक अफ काठमाण्डु, स्टाण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक र मेगा बैंकको साधारण सभा प्रयोजनार्थ बुक क्लोज भइसकेको छ। अब यस शेयर किन्ने लगानीकर्ताले आर्थिक वर्ष ७७/७८ को लाभाश प्राप्त गर्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS