IME Life New

जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामै आर्जन गरे १० अर्ब १९ करोड खुद बीमा शुल्क, (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा मात्रै १० अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । १९ जीवन बीमा कम्पनीहरुले कार्तिक महिनासम्ममा भने ४८ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै नेपाल लाइफले २ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चार महिनाको अवधिमा भने कम्पनीले १२ अर्ब २५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कार्तिक महिनामा कम्पनीको व्यवसायमा खासै सुधार देखिएको छैन ।

Esewa
Crest

त्यस्तै दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले कार्तिक महिनामा एक अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा भने ६ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रो नम्बरमा रहेको नेशनल लाइफले कार्तिक महिनामा मात्रै एक अर्ब ८ करोड रुपैयाँ आर्जन गर्दा चार महिनाको अवधिमा भने चार अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ ।

चौथो नम्बरमा रहेको युनियनले एक महिनामा मात्रै ६६ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चार महिनाको अवधिमा भने २ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बाँकी कम्पनीहरुले कार्तिक महिनामा क्रमश एशियन ५९ करोड ६९ लाख, मेट लाइफ ४६ करोड ४७ लाख, प्राइम ३९ करोड ७५ लाख, सूर्या ३८ करोड ८० लाख, सिटिजन लाइफ ३८ करोड ७० लाख, सन नेपाल ३६ करोड ७६ लाख, रिलायबल ३३ करोड ३७ लाख, राष्ट्रिय बीमा संस्थान २५ करोड ३४ लाख, ज्योति लाइफ २३ करोड ८० लाख, गुराँस २२ करोड ३६ लाख, आइएमई १९ करोड ५८ लाख, रिलायन्स १८ करोड ७७ लाख, सानिमा लाइफ १८ करोड ५१ लाख, प्रभु लाइफ १३ करोड ५३ लाख र महालक्ष्मी लाइफले १० करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

असोज महिनामा १९ जीवन बीमा कम्पनीहरुले १० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै कार्तिक महिनामा पनि १० अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । जीवन बीमा कम्पनीहरुले दशै तिहारको चाडवाडको समयमा पनि राम्रो बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले सधै आर्थिक वर्षको अन्त्यमा मात्रै अभिकर्ता तथा कर्मचारीहरुलाई टार्गेट दिदै आएकोमा पछिल्लो समय उनिहरुले मासिक टार्गेट दिने गरेका छन् । यसरी मासिक रुपमा टार्गेट पुरा गर्नेहरुलाई कम्पनीले प्रोत्साहन स्वरुप विभिन्न प्रकारका इन्सेन्टिभ दिने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS