IME Life New

सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक २९ गतेदेखि १५ हजार ८५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ । त्यसकारण तोकिएको मुल्य सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
यस शेयरमा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले मंसिर १३ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

मंसिर १३ गते कार्यालय समयभित्र प्राप्त भएका बोलपत्र मंसिर १४ गते बिहान ११ बजे आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकुमा खोल्ने कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS