काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्कीको ढिकुरपोखरी, लमजुङको भोर्लेटार तथा गोरखाको बास्कोट गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई तालिम प्रदान गरेको छ। लक्ष्मी लघुवित्तले बेमौसमी तरकारी खेती, व्यवसायिक च्याउ खेती तथा बाख्रापालन तालिम प्रदान गरेको हो ।
मंसिर २ गते देखि ९ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ६४ जना ग्राहकहरुलाई सहभागी गराइएको संस्थाले जनाएको छ । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत कृषि विशेषज्ञ ओम प्रकाश भुसालले गरेका हुन् ।
ग्राहक सदस्यहरुको सिप र क्षमता अभिवृद्धि गर्ने हेतुका साथै परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरेको हो ।
तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमको माध्यमबाट कृषकहरुलाई सफल उद्यमी बनाउन मद्धत पुग्ने र ग्राहकहरुले तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।