काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि सोमवार बुक क्लोज गर्ने भएसँगै आज आइतवारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
बैंकको १५औं वार्षिक साधारण सभा यही मंसिर २७ गते हुने भएको छ । बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजेबाट सुरु हुने बताइएको छ ।
त्यस्तै बैंकको सो सभाले गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ३ दशमलव ५ प्रतिशत नगद गरी कुल १३ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ